गैर आवासिय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद् एनआरएनए आईसीसी निर्वाचन (२०२१-०२३) का लागि उत्तर अमेरिका क्षेत्रिय महिला संयोजकमा यमुना भट्टराइले उमेद्वारी दिने भएकी छन् । बर्तमान आईसीसी सदस्य समेत रहेकी भट्टराइले आफ्ना मुख्य केही प्रतिवद्धता सहित अमेरिका क्षेत्रिय महिला संयोजकमा उमेद्वारी दिने भएकी हुन् ।

लाम्रो समय देखी अमेरिकाको टेक्सास राज्यमा रहँदै आएकी भट्टराइ विभिन्न व्यवसाय संग आवद्ध महिला हुन् । जसले टेक्सासको बसाईका क्रममा यहाँका स्थानिय तथा अमेरिकाको केन्द्रिय तहको विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय भूमिकामा रहेर काम गर्दै आएको छ । गैर आवासिय नेपालीहरुको समस्या नजिकबाट बुझेको बताउने उनि विशेष गरेर महिला दिदी–बैनीहरुले उठाउदै आएका कुराहरुमा अगुवाइ समेत गर्ने प्रतिवद्धता सहित यस पटकको निर्वाचनमा देखिने भएकी छन् ।

भट्टराईले नेपालवाट प्रवासमा आएर वसोवास गरीरहेता पनि कतिपय अवस्थामा महिलाहरुले सामाजिक, राजनैतिक र अन्य धेरै कुराहरुमा त्यस्तो फड्को मार्न नसकिरहेको यथार्थ सहित विभिन्न महिला ससक्तिकरणका योजनाहरु संचालन गर्दै आ–आफ्नो कर्म क्षेत्रमा रहेका महिलाहरुलाई योग्य र सक्षम वनाउनु आफ्नो उदेश्य रहेको जानकारी दिएकी छन् ।

 

आदरणिय उत्तर अमेरिकावासी गैर आवसिय नेपाली दाजु-भाई दिदी-वहिनीहरु नमस्कार,
म यमुना भट्टराई विगत लाम्रो समय देखी अमेरिकाको टेक्सास राज्यमा विभिन्न व्यवसाय गर्दै वसोवास गरी आएको छु । टेक्सासको वसोवासको क्रममा यहाँको स्थानिय तथा अमेरिकाको केन्द्रिय तहको विभिन्न सामाजिक संध संस्थाहरुमा मेरो सहभागिता रहदै आएको यहाँहरु जानकार नै हुनुहुन्छ।
विगत २ वर्ष देखि NRNA ICC को सदस्यको रुपमा कृयाशिल छु। मैले गैर आवासिय नेपालीहरुको समस्या नजिकबाट बुझेको छु अझ विशेष गरेर महिला दिदी-बैनीहरुले उठाउदै आउनुभएको कुराहरुमा अगुवाइ समेत गरेको छु।
मेरा यी अनुभवहरुका आधारमा प्रवासी नेपालीहरुको निमित्त अझ सहयोगी बन्न यही आउदो अक्टोवर महिनामा अनलाईन मार्फत हुने निर्वाचनमा सवैको सुझाव अनुसार मैले उत्तर अमेरिकाको तर्फवाट महिला संयोजकमा उम्मेदवार हुने निधो गरेको तपाईहरुलाई जानकारी गराउन पाउदा खुसी लागेको छ।
हामी नेपालवाट प्रवासमा आएर वसोवास गरीरहेता पनि कतिपय अवस्थामा महिलाहरुले सामाजिक, राजनैतिक र अन्य धेरै कुराहरुमा त्यस्तो फड्को मार्न सकिरहेको छैनौ। तसर्थ विभिन्न महिला ससक्तिकरणका योजनाहरु संचालन गर्दै आ-आफ्नो कर्म क्षेत्रमा रहेका महिलाहरुलाई योग्य र सक्षम वनाउनु नै मेरो उद्धेश्य रहनेछ।
मैले संस्था वुझेको छु, संस्थाको लागि आवस्यक पर्दा समय र आर्थिक व्यबस्थापनको पाटो समेत राम्ररी बुझेकी छु। म निर्वाचित भए पछि आफ्नो क्षेत्रका धेरै सकृय महिलाहरुको साथ र सहयोगमा स्थानिय आवश्यकताको पहिचान गरी गतिविधि गर्दै अन्य क्षेत्रको लागि उदाहरण वन्न सक्ने सामर्थका साथ कृयाशिल रहने योजना सहित सवैको सुझाव वमोजिम यो निर्वाचनमा क्षेत्रिय महिला संयोजकको उम्मेदवार हुने निर्णय गर्दै तपाईहरु सामु मतदान गरी सहयोग गरिदिन हुनको लागि अनुरोध गर्दछु।
बिनीत,
यमुना भट्टराई
टेक्सास, अमेरिका