गैर आवासीय नेपाली संघका निस्काशित प्रमुख संरक्षक शेष घलेद्वारा गठित निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सहित चार जना सदस्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । बिधान र निर्वाचनको मन्यता बिपरित अनैतिक कार्य गर्ने घलेको आदेशको पालना गर्न नसकिएकोले रजिनामा दिईएको बाताइएको छ। गैर आवासीय नेपाली संघ, अमेरिकाको बिगतको निर्वाचनहरुमा बिधान र निर्वाचनको मन्यता बिपरित अनैतिक तरिकाबाट निर्वाचन गर्दै आइरहेका विश्वनाथ बराललाई अमेरिकामा नकारत्मक टिप्पणी गर्ने गरिन्छ। उसो त बरालले एक पक्ष सँग मिलेर निर्वाचन को नतिजा प्रकाशित गरेका थिए।