गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी अक्टोवरमा हुने १० औं महाधिवेशन निर्वाचनका लागि यसअघि नै चर्चा सुरु भइसकेको छ । अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसीले आफ्नो दरिलो दावी प्रस्तुत गर्दै आन्तरिक तयारी सुरु गरेको बुझिएको छ । तर अरु धेरै उपाध्यक्षहरु वेट एण्ड सिको अवस्थामा छन् । डा. केसीले भने आन्तरिक तयारीलाई तिब्र पारेका छन् । डा. केसीलाई वर्तमान उपाध्यक्षहरु सोनाम लामा, मन केसी, रविना थापा, अर्जुन श्रेष्ठ मध्ये एकले चुनौती दिने सम्भावना छ, तर उनीहरूको कुनै तयारी भने देखिदैन ।

अध्यक्ष पदका लागि गत निर्वाचनमा पराजित कुल आचार्यको नाम समेत एक समूहले चर्चामा ल्याएको छ । वर्तमान कार्यसमितिका उपाध्यक्ष सोनाम लामाले समेत अध्यक्ष पदको लागि आकांक्षा देखिएका छन् । यसैबीच आगामी कार्यकालको लागि चर्चामा रहेका आकांक्षीहरुका बारेमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । संघका राष्ट्रिय समिति, स्थानीय पत्रकार र प्रत्यक्ष रुपमा संघका पदाधिकारीको सहयोगमा तयार परेको यो सूची हेरौं ।

उपाध्यक्षहरुमा :
डा. हेमराज शर्मा,
महेश श्रेष्ठ,
डिबी क्षेत्री,
शिव बरुवाल,
धर्म अधिकारी,
आरके शर्मा,
जानकी गुरुङ,
(वर्तमान उपाध्यक्षहरुको पहिलो च्वाइस अध्यक्ष पद भएको हुनाले यहाँ समावेश गरिएको छैन्) वर्तमान कार्यसमितिमा, सोनाम लामा, मन केसी, अर्जुन श्रेष्ठ, रविना थापा उपाध्यक्ष रहेका छन् ।

महिला उपाध्यक्षः  यस्मिन बेगम
युवा उपाध्यक्षः  स्वतन्त्रप्रताप शाह, हिमाल गुरुङ
महासचिव: गौरी जोशी र केशव पौडेल
सचिव: रामशरण सिम्खडा, राजन त्रिपाठी, ओम गुरुङ, गगांधार गौतम, प्रवीन गुरुङ, होमनाथ पाण्डे, रोविन्द्र श्रेष्ठ, डा. देबी बस्नेत,
महिला सचिवः टिका गुरुङ, भूमा लिम्बु
कोषाध्यक्ष: लोक दाहाल, गोविन्द गौतम
सहकोषाध्यक्ष: कृष्ण तिमल्सिना, महिला सहकोषाध्यक्ष: लक्ष्मी गिरी
प्रवक्ताः डा. एकनाथ खतिवडा, भूषण घिमिरे, डा. हरि दाहाल, चिरन शर्मा  (प्रवक्ता निर्वाचित अध्यक्षले चयन गर्ने छन्)
अन्तर्राष्ट्रिय महिला संयोजक: पुनम गुरुङ, जानकी पौडेल, जुनु गुरुङ, प्रमिला बस्नेत

क्षेत्रीय संयोजकहरुः
अष्ट्रेलिया :
संयोजक : दिनेश पोखरेल, दीपक भट्राई, दिनेशराज जोशी, लाल केसी, सहसंयोजकः भुवनहरि पाण्डे, रामराज ओली
महिला सहसंयोजक: उषाकिरण पोखरेल

अमेरिका :
संयोजकः प्रकाश सापकोटा
उपसंयोजकः चिरञ्जीवी घिमिरे, संजय थापा
महिला संयोजक: उमा थापा
युवा संयोजक: सरोज खाती
सहसंयोजक: आइसा ओझा

मध्यपूर्व :
संयोजक: राजेन्द्र आर्याल, मनोज गोर्खाली
उपसंयोजकः अमित चाम्लिनङ, प्रकाश कोइराला, धर्मराज गिरी, विनोद भट्टराई

एसिया प्यासिफिक :
संयोजकः पारसमणी पोखरेल
उपसंयोजक: देवीलाल भण्डारी

अफ्रिका :
रोशन थापा

युरोप क्षेत्र :
संयोजक: मुक्त गुरुङ, एकराज गिरी, नारायण आचार्य, विजन भट्ट
सहसंयोजकः चिन्तामणि सापकोटा, सुवास जोशी, राजु अर्याल, डा. चिरञ्जीबी खड्का, र धर्मराज खतिवडा
महिला संयोजकः अनुजा प्रधान
युवा संयोजक: रोर्वट लिम्बु, युरोप युवा उपसंयोजक: मिलन छन्त्याल सम्भावित उम्मेदवार हुन् ।