गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) लाई तोकिएको समयभित्रै सदस्यता शुल्क बुझाउन एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ सहित आठ जनाले आग्रह गरेका जानकारी प्राप्त भएको छ। समिती भित्र धेरै सदस्यहरुले समेत शुल्क बुझाउनु पर्ने बिचार राखेको भए पनि बाहिर देखिने गरी प्रस्तुत हुन सकेका छैनन। गैर आवासीय नेपाली संघका सदस्यहरु बाट पनि आफुहरु अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य भएको र पशिना कमाइ गरेर तिरेर बनेको सदस्यताको शुल्क बिचौलिया बुद्धी सुबेदीले गैरकानुनी तरिकाले अपचलन गर्न नमिल्ने बताउदै आएका छन। बरिस्ठ उपाध्क्षय सहित ८ जना बोड सदस्यले समयमा आईसिसिलाई शुल्क तिर्नको लागि विज्ञप्ति नै जारि गरेका छन ।

मार्च ४, २०२२

संयुक्त प्रेस विज्ञप्ती:

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका (NCC-USA) गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को एक सदस्य राष्ट्र रहेको कुरा यहाँहरु सबैलाई सर्वविदित नै छ। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल सरकारको परराष्ट्र मन्त्रालयसँग आबद्ध रहेको र दोहोरो नागरिकता, नेपालमा लगानी, Knowledge Sharing आदि जस्ता हाम्रो प्रतक्ष्य सरोकारका बिषयहरुमा नेपाल सरकारसँग समन्वय गरि काम गरि रहेको पनि हामी सबैलाई जानकारी भएकै बिषय हो। नेपाल सरकार र यसका आधिकारिक निकायहरुले गैर आवासीय नेपाली संघ अर्थात यसको अन्तर्राष्ट्रिय समन्वय समितिलाई मात्र चिन्दछ, अर्थात संसार भरि रहेका सम्पूर्ण नेपालीका सयौं/हजारौं संस्थाहरुसँग प्रतक्ष्य समन्वय गर्न नसकिने हुनाले एउटा मात्र आधिकारिक संस्थाको रुपमा यो स्थापना भएको हो।

हाल आएर एनआरएनए, अमेरिका र ICC बिच, सदस्यता शुल्क बुझाउने बारेमा समस्या देखिएको यहाँहरुलाई अवगत नै छ। यस्तो भएको खण्डमा, ICC ले एनआरएनए, अमेरिकासँगको आफ्नो आबद्धता खारेज गर्ने सम्मको पत्र काटी सकेको अवस्था छ। एनआरएनए, अमेरिकाको आफ्नै बिधानको धारा १८, उपधारा ग (१) मा प्रत्येक आजीवन सदस्य र साधारण सदस्यको $५ ICC लाई बुझाउन पर्ने स्पष्ट किटान छ। एनआरएनए , अमेरिकाले आफ्नो भवन खरिद गर्नको लागी सो रकम मिनाह गर्नको लागी आईसीसीलाई यसअघी गरिएको अनुरोध अस्वीकार गरिसकेको छ।आज भएको गैरआवासीय नेपाली संघ, अमेरिकाको कार्यसमितिको आकस्मिक बैठकमा रकम तोकिएको समयमा बुझाउनुपर्ने हाम्रो बिचार स्पष्ट राखेका छौ । यसलाई तोडमोड गरेर आईसीसीलाई बुझाउने रकम निकासा नगरिएमा हाम्रो असहमती रहेको जानकारी सम्पूर्ण सम्मानित सदस्य ज्युहरुमा जानकारी गराउन चाहन्छौ ।एनआरएनए, अमेरिकाको आफ्नै साख झर्ने काम, ICC सँगको सम्बन्ध र आबद्धतामा आँच आउने क्रियाकलाप जसले सँस्था र समाज बिभाजन सम्म हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ यदी यसो भएमा एनआरएनए , अमेरिकाले जिम्मेवारी लिनुपर्ने हुन्छ ।

आम गैर आवासीय नेपालीको साझा संस्था एनआरएनए, अमेरिकालाई यस कठीन परिस्थितिबाट जोगाउनको लागी आम साधारण तथा आजीवन सदस्य ज्युहरु, पत्रकार मित्रहरु एबं सम्पूर्ण अमेरिकावासी दाजुभाई दिदिबहिनीहरुलाई आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाउनु हुन बिनम्र अनुरोध गर्दछौ !
# SAVE NRNA
गैरआवासीय नेपाली संघ, अमेरिकाको तर्फबाट :
१. कृण्ण जीबी पन्थ – बरिष्ठ उपाध्यक्ष
२. बिकाश उप्रेती – उपाध्यक्ष
३. दिक्षा बस्नेत – महिला उपाध्यक्ष
४. सुनिता सापकोटा – महिला सचीव
५. आशीष सड्गरौला – बोर्ड अफ डायरेक्टर
६. शान्ती वाग्ले- बोर्ड अफ डायरेक्टर
७. ज्ञानेन्द्र गुरुड्ग – बोर्ड अफ डायरेक्टर
८. किरण बस्नेत – आरसिसि मिडवेस्ट
९. बादल भुजेल – आरसिसि साउथ