आदरणीय गैर आवासीय नेपाली आमाबुबा, दिदी बहिनी तथा दाजुभाईहरुमा नमस्कार लामो समयदेखि पटक पटक गैर आवासीय नेपाली संघको १० औं महाधिवेशनका मिति तोकिदै परिवर्तन हुदै गए । तर अब पछिल्लो समय तोकेको मितिले सार्थकता पाएको छ । जुन मिति यहि मार्च २४ र २५ तारिखका दिन हो । यस मितिमा संघको दशौं अन्तर्राष्ट्रिय समन्वय समितिको निर्वाचनबाट नयाँ नेतृत्व पाउँदैछ । उक्त निर्वाचनमा मैले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको छु । उम्मेदवारी दर्तासँगै मलाई विश्वभरिबाट निकै उत्साहका साथ धेरैभन्दा धेरै साथीहरुले फोनबाट, म्यासेजबाट हौसला साथै सहयोगको बचनबद्धता, सरसल्लाह र सुझाब दिईरहनु भएको छ । त्ससलाई मैले संगालेर राखेको छु । लामो समयदेखि एनआरएनए अभियानमा पारदर्शी रुपमा युवा र महिला सहभागिता बढाउँदै गतिशिल एनआरएनए बनाउँने अभियानमा म लागेको छु । आगामी दिनमा पनि लाग्ने जानकारी गराउँदछु ।

अहिलेसम्मको एनआरएनएको इतिहास हेर्ने हो भने नेतृत्वमा महिला आउँन सकेको छैन् । मैले आँट गरेर तपाइहरुको माझ संघको अध्यक्षमा नेतृत्व लिन सक्छु भनेर आएको छु । तपाईहरुले साथ र सहयोग गर्नुहुनेछ भन्ने विश्वास राखेको छु । यो हाम्रो साझा संस्थामा जुन अहिले विभिन्न भ्रमहरु देखिएका छन् ती चिरेर लैजाने यहाँहरुलाई जानकारी गराउँदछु । यो अभियानले गर्दा विश्वका विभिन्न देशमा छरिएर रहेका हामी नेपाली दिदीबहिनी तथा दाजुभाईहरु जोडिन पाएका छौं । अहिलेको यो अभियानलाई मैले विशुद्ध चुनाबी हिसावले भन्दा पनि विश्व संञ्जाललाई सशक्त बनाउने माध्यमको रुपमा बझेको छु । त्यसैले यो अभियानको क्रममा यहाँहरुले जसरी साथ र सहयोग गरिरहनु भएको छ त्यसरी नै अझै पनि तपाईले सेल्फी लिनु भएको छैन भने कृपया सेल्फी लिइदिनु हुन र निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर नगुमाई दिनु हुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा, म अध्यक्षको लागि योग्य, सक्षम र सशक्त भएकाले अत्याधिक बहुमतले विजयी गराइदिनु सम्पुर्ण गैर आवासीय नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुलाई अपिल गर्दछु ।

रविना थापा

अध्यक्षको उम्मेदवार

गैर आवासीय नेपाली संघ