मंगलबार बिहान घोषित ‘अल्फाबेट वर्कर्स युनियन’मा कम्पनीका पूर्णकालीन तथा पार्टटाइम कर्मचारी/कामदारका साथै कन्ट्रयाक्टरले समेत सदस्यता लिनसक्ने बताइएको छ ।

कर्मचारी युनियनले जारी गरेको वक्तव्यमा गुगलका सफ्टवेयर इन्जिनियर डाइलन बेकरले यो ऐतिहासिक कदम रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो मुख्य प्रविधि कम्पनीहरुमा कर्मचारीहरुद्वारा र कर्मचारीहरुकै लागि स्थापित पहिलो संगठन हो । ‘हामीले हाम्रा प्रतिधिहरु निर्वाचित गर्नेछौँ, प्रजातान्त्रिक रुपमा निर्णय लिनेछौँ, सदस्यता शुल्क तिर्नेछौँ । साथै कम्पनीले आफूहरुको मूल्य प्रतिबिम्बित गरोस् भन्ने कर्मचारीहरुको चाहना पूर्तिका लागि सहकार्य गर्नेगरी हामीहरुले कुशल संगठकहरु आबद्ध गर्नेछौँ ।’

सुरुवाती चरणमा गुगलको कर्मचारी युनियमा आबद्ध २२६ जना सदस्यले अमेरिकाको सबैभन्दा ठूलो श्रमिक युनियन कम्युनिकेसन्स वर्कर्स अफ अमेरिकासँगबाट युनियनको कार्ड प्राप्त गरेका छन् ।