काठमाडौं । कतारमाथि लगाइएको नाकाबन्दी खुलाउनका लागि भएको सहमतिको नेपालले स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ,‘गल्फ को–अपरेशन काउन्सिल(जीसीसी)का लिडर देशहरुले शिखर वार्तामा चालेका महत्वपूर्ण कदमले यसका सदस्य राष्ट्रहरूका बीचमा भएका विद्यमान समस्याको समाधान गर्नुका साथै त्यो क्षेत्रमा स्थिरता र सहकार्यता स्थापनामा योगदान पुग्ने विश्वास गरिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ,‘नेपाल सबै जिसीसी देशहरुसँग निकट द्विपक्षीय सम्बन्ध राख्दछ । नेपाल र नेपाली जनताले सधैं खाडी क्षेत्रको शान्ति,समृद्धि र विकासका लागि कामना गर्दछौं ।’