तर सरकारी अधिकारीहरुले नै खोप चरणवद्ध रुपमा प्राप्त हुने भएकाले नियमित अभियान चलाउँदा पनि जनसंख्याको ७२ प्रतिशत -बालबालिका बाहेक)लाई खोप दिन एक वर्षभन्दा बढी समय लाग्ने बताएका थिए । साथै भारतले अनुमादानमा दिएको १० लाख बाहेक बाहेक थप खोप आउने सुनिश्चित समेत भएको छैन ।

शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले खोपबारे बोली फेरेका छन् । अबको तीन महिनाभित्र फ्रन्टमा काम गर्नेहरुलाई खोप दिने भन्दै उनले भनेका छन्, बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप लगाएर कोभिड-१९ लाई नेपालबाट भगाउँछौं, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ।’